32
.......नयां बर्ष सँगै आयौ, शुभकामना
सफल भै खुशी छावोस, दीर्घायू भैइ बांच नानू
संसार भन्दा ठुलो तिमी जिवनको खुसी मेरो,
हेर्दै शीतल दिने रातमा आकाशको जून हुनू नानू
हम्रो बाटो सांगुरो छ, घोच्ने कांडा जताततै,
खडेरीको फूल जस्तै आत्तिदै छ मन नानू
तिम्रो लागी कलम खोज्न, अन्धारोमा एक्लैछु म,
तिमी हास्ने मैदान भेटे देउरालीलाइ पाती दिउला नानू
अक्षरसंग मिली खेल्नू, ग्रामरसंग हिड्न सिक्नू,
पापा तिम्रो साथ छ सदा, नडराइ जिउनू नानू...!!!"
Today is my Sweet-heart daughter Sasafung's 3rd Birthday-Anniversary, this short Poem is dedicated to her.
01-05-2009, Johor, Malaysia.
Thursday, April 30, 2009
31
दिल रुन्छ भन्दा पनि माया रोयो मेरो त
उडिजाने चरीसंगै मनै छाडी गयो मेरो त
हांस्दा मेरो कथा दुख्यो, हिड्दा यात्रा त्यस्तै दुख्यो
छाती छाम्दा थाहा लाग्यो मुटु छैन मेरो त
शीतसंगै रुन खोज्ने- जूनसंगै चुपचाप खेल्ने
खोजी हिड्दा आफ्ना कुरा बित्यारैछ बैंश मेरो त
भन्ज्याङमा उनलाइ कुर्दा, बषन्तमा प्रीत रोज्दा
गोधूलीमा थाहा लाग्यो कर्मरैछ दु:खी मेरो त
--07-04-2008, Panasonic, night, OT, JB, M'sia.
30
हांस्दै आउदा तिम्रो सामु गाल पार्ने हो की
चिनजानको हात जोड्दा शीर ढल्ने हो की
डराउदै अन्जुलीमा मीठो गीत मागे
फूलको माला दिन खोज्दा कांडा बन्ने हो की
हिड्ने तिम्रो बाटो छेक्दै १,२ शब्द मांगे
बीन्तिसंगै स्वीकार माग्दा मन दुखने हो की
फुर्सद भए कथा खोल्न तिम्रो सामु आउछु
खाली हात आ उदाखेरी लाज लाग्ने हो की
--April, 2008, JB, M'sia.
29
निश्चल छन शब्दहरू बिहानीको शीत जस्तो
गल्ती छैनन् बोलीहरू मीठो बोली मैना जस्तो
हावा झैं उड्ने, बादल सरी बत्तिएर उड्ने चरी सरी
उड्दै जानू माथि माथि आकाशको चंगा जस्तो
खडेरीमा सुक्ने कुवा बषन्तमI थोप्लि दिदा
उभौलीमा खोज्नू अर्थ पलाउदैको मूना जस्तो
भञ्ज्याङको बर-पिपल मीठो पवन बहे सरी
सुनौं लाग्ने भरियाको माथि जादै गाको गीत जस्तो
--April, 2008, RBS, Tmn Molek, JB, M'sia.
28
बोल्दा इज्जत जान्छ भने नबोलेरै प्रीत लाउला
अन्जान तिम्रो सामु आ उदा अञ्जुलीमा शब्द दिउला
नयां मन्दिर नयां इच्छा खोज्दै जांदा बटोतिर
आँखा जुधे, रीश भए हात जोडी माफी लिउंला
झोली बोकी सपना खोज्न बिदेशतिर जादैं गर्दा
तिमी गाग्रो बोकी कुवा झर्दा उभिएर हेरी दिउला
जाने बेला भयो मेरो, मनको मोह खोलिएन
आइडी पाए मेसेज कोरी इमेल सेण्ड गरी दिउला
--2th May, 2008, RBS, T/Molek, JB, M'sia.
27
बैंशालु मन रुन्छ आकाशमा बादल उड्दा
बादल जस्तै उडिरहन्थ्यो दिल मनहरू साट्दा
आकाश हांस्थ्यो, धर्ती रम्थ्यो, मन अफ्नो हुंदा
अब मूल्य छैन मनहरूको लाएको सैनो भाच्दा
बगरको यात्रा भयो, आफ्नु भन्नु कोही छैन
जिउदै मरे मनहरू झुटो प्रीत गांस्दा
दुख्दा अझ कुल्ची दिने निष्ठुरी त्यो मन
बिपत्तिमा एक्लो भएँ पापिनीलाइ रोज्दा
--3th May, 2009, RBS, JB, M'sia.
26
कस्तो झल्को आज यस्तो मलाइ छाडी गाको अरे
बर्षौं सम्म साथ भको हात छाडी गाको अरे
सपना खोज्न नीद जोड्न टाढा केही बिदेशिदा
जुगौं साथको नानू छाडी मलाइ त्यागी गाको अरे
हांसो बिना, उनी बिना जल्दै मुटु गरे पनि
मेरो माया; नानूसंग रोदनमा जिको अरे
उनी बिना नानू मेरो मवलीमा जांदा खेरी
पापा लिन आ उनू भन्दै फोनमा मलाइ बोलाकोरे
बिरामीमा "ममी" भन्दा मुटु दुख्दा झल्यास भएँ !
बिधवा र टुहुरीको झल्को सम्झी मनरोकोरे !
==3, May, 2008, RBS, JB, M'sia
25
कसमहरू ताजै राख्न देउरालीमा पाती दिन्थें
मनहरू भाच्दा खेरी बीन्ति गर्दै जोडी दिन्थें
हुरी आइ हांगा भाच्यो, चरीहरू उडी जाँदा, सँगै मन रुदा खेरी
आँशु झार्दै अन्धारोमा सम्झी कथा रोइ दिन्थें
बादल ढाकी जून छेक्दा, अन्धारोमा बटो बिर्दा
उनको माया पाउ भन्दै दाहिने हात उनलाइ दिन्थें
बाबरी फूल मगमगाउदा, सयपत्री फुल्दाखेरी
फूल टिपी माला उन्दै उनलाइ पर्खी दिन्थें
--4, May, 2008, RBS, JB, M'sia.
24
दिलै जस्तो दिल हुन्थ्यो, मनै जस्तो मन हुन्थ्यो
नपाउदा तिम्रो साथ मनै त्यसै रुन्थ्यो
कसो गरी जिउने कठै ! एक्लो भयो संसार
अतितको कथाहरुले दिल चस्स छुन्थ्यो
बैगुनी त टाढा भयो, गाँवै मेरो गाल पारी
लाजै पारी दिल तोड्दा, रीश मानी मुटु दुख्थ्यो
धेरै चोटी रोइ सकें, रुँदा रुदै थाकी सकें
च्याब्रुङ बज्दा, पालाम सुन्दा, बैंश फेरी फर्के हुन्थ्यो
--19 May, 2008, RBS, JB, M'sia.
23
घोच्दैन कांडाले अफ्नो बोटलाइ
तिमीबिना कुरा हुंदा घोच्थ्यो मुटुलाइ
के के गरौं भन्थ्यौ, के के नै दिन्छु भन्थ्यो
निष्ठुरीले दियौ सिर्फ धोका मलाइ
बैगूनीको खेल् तीतो धान्नै गार्हो भयो
अर्कै संसार रोज्यौ तिमले प्रीत मेरो जलाइ
झूटो रैछ रँग प्रीतको; झूटै-झूटको बिम्ब भयो
छक्याएर टाढा भयौ मनै मेरो गलाइ
--19 May, 2008, RBS, JB, M'sia.
22
तिम्रो गाँऊ पुग्न अझ कति नदी तर्नु पर्छ?
तिमीलाइ प्रीत दिन, भन कति कांडा टेक्नु पर्छ?
तिम्रो पिछा कति गरें, पछि फर्की हेर्या होइन
आफ्नो माया बनाउन, भन के के गर्नु पर्छ?
रगतले पत्र लेख्दा, ठुस्किएर कर्के हेर्छौ !
अंशुसँगै रुदैछु त, भन अझ के गर्नु पर्छ?
झूटो बांचा रैछ तिम्रो, ब्यर्थै किन भाका माग्यौ?
तिम्रो मन पर्ने हुन, अझ के के गर्नु पर्छ?
सपनीमा चोट लाग्दा फोटो तिम्रो हेरी हास्छु
यथार्थ नै यस्तो हुन मैंले के के गर्नु पर्छ?
--7 Jun, 2008, RBS, JB.M'sia.
21
उनको माया पाउछु भनी भको सस्तो माया तोडे
सस्तो प्रीतको मूल्य बढ्दा अन्धारोमा एक्लै परेँ
"उडी छुनु चन्द्र" भन्ने देवकोटाको भूल लाग्यो
यै उक्तीको सारमा चल्दा, भको प्रीतबाट चिप्ली झरेँ
आत्माले नै रोज्छ प्रीत, कर गरेर प्रीत हुन्न
यही रित नबुझ्दा नै शून्यताको रापमा जलेँ
माइखोलाको कसम भयो; एकचोटी माफी देऊ
तिमीबिना मर्छु भन्दै मूर्छा परी भूइमा ढलेँ
ठूलो माया भूल भयो, सस्तो चाही प्रीत रहेछ
"माया" भन्दै आगोभित्र लाशसरी जली मरेँ
--15-01-2008,RBS
20
चूपचाप रहन देऊ, शब्दसँगै खेली दिन्छु
शून्यताको नदीसँग कवितामा बिली दिन्छु
मनको चाह पूरा गर्दा लक्ष्यहरू टुट्छन् भने
भैगो बरू चूप रही गुलाबी चाल हेरी दिन्छु
मैंले हांस्दा उनीसँग, देब्रे हात दुख्छ भने
मस्की हिड्ने चाल उनको नजरभित्र लुकाइ दिन्छु
मेरो नजिक आउने कोही, अरूसँग प्रीत बसोस्
लक्ष्यहरूले बाटो छेक्दा, बरू चाह कुल्ची दिन्छु
रंगीन संसार मीठो लाग्छ, रमाउने आज्ञा छैन
शब्दभित्र, भावभित्र दुख्ने घाउ सेकीदिन्छु
-20-01-2008,RBS, PM, JB, M'sia.
19
धर्ती आफै खोट रैछ, आकाश आफै माथि थियो
बगरको ढुँगा कठै ! आकाशको जून हेरी रूने गर्थ्यो
बगरको कथा जस्तो मेरो आफ्नो सपनाभित्र
जोड्दै जांदा ढुंगाहरू चोइटीएर नाश भयो
कल्पनाको आँखाभित्र फुर्फुराउदै गीत पोखने
फूलबारीको हावा खाने पुतलीको गीत टुट्यो
बादलुले छोपी दिदा आकाश धर्ती जोड्यो भन्थे तर
आकाश धर्ती जोड्ने भ्रम क्षीतिज अझै टाढा रह्यो
बैगूनीको गीत लेखन बैराङ्गीमा शब्द छैन
घाम छांया जीवन रैछ, आफ्नै जिवन बोझ लाग्यो
-11-09-2008,RBS, AM, Johor, M'sia.
18
एकदिनको आशा थियो सानो संसार राम्रो बन्ला
नमूना झैं साइनो हाम्रो मिलेमतो राम्रो बन्ला
गरिबीको घर मेरो, प्वालहरू टाल्दै रहेँ
आशा गरी बषन्तको हरियाली खुशी बन्ला
बिपत्तिमा हुरीबिच निभ्दो दीयो बाल्दै रहें
आशाहरूको गोड्मेल्मा बिजुली आ इ बत्ति बन्ला
दशैंनेर आयो हुरी आशाहरू संगै जले
आशा गर्ने त्यान्द्रो छैन, लेख्न सके अं
आशु बन्ला
खडेरीमा हात दिएँ, झरीमा ओतलाग्ने फुस्को छाना
आफ्नोलाइ ठनिएन घोचिदिने कांडा बन्ला
-09-10-2008,Dasami Tika,'065, JB,M'sia.
17
माया नै साचो भए, टाढा कही छैन
सोच्ने मुटु माया भए शंका कही छैन
धर्ती आकाश हाम्रै हुन, बांच्ने खुशी धेरै लिनू
रूमालभीत्र माया कसे, आशु झार्ने काम छैन
चुलीबनको हावा चिसो, फङफङदेनको गीत मीठो
मायै दिल भएपछि जूनी काट्न साह्रो छैन
तिमी नै हो गीत मेरो, संगीत हो माया-प्रेमको
मनै छुने शब्दभित्र, बिरहको आभा छैन
हात देऊ मलाइ अनि चाल पाइलाहरू
-11-10-2009,RBS,AM, JB, M'sia.

Saturday, April 18, 2009
16
रैबरेको बाटो कुर्दा चिठी मेरो छैन भन्छ
एकलै पारी मलाइ छाड्ने तड्पी रोवौ दिल भन्छ
साथ एकलो, रात एकलो बेसंसारको थिती जस्तो
बेरंगको जिवन देख्दा चट्ट मरुं दिल भन्छ
बनावटी हांसो पनि बित्रिस्नाको झल्को जस्तो
बेपानीको माछी जस्तै छट्पटाउ दिल भन्छ
मनको संसार छैन भने दिन रात एकै जस्तो
फुल्नै नपाइ खडेरीमा झरी जांनु दिल भन्छ
29 Dec, 2007, AMRO BANK, TAMAN MOLEK
--GB Sanoman, --Johor, M'sia.
15
मान्दैन मन मेरो फर्किएर छिट्टै आऊ
जल्दो मन बल्दो यौवन, हावा सरी छिटै आऊ
मलाइ छाडी अन्त जन्छौ मेरा हर सपनीमा
मिलाउदा मिल्छ भने,छुट्टी लीइ छिट्टै आऊ
तिम्रो साथ पाइ राखन मैले केके गर्नु पर्छ?
स्विकार हुन्छ भने मलाइ लिन छिट्टै आऊ
तड्पीएर बांच्नु भन्दा अभावैको माया मिठो
यहि सम्झी मिलाएर छुट्टी लीइ छिट्टै आऊ
29 Dec, 2007
--GB Sanoman, --Johor, M'sia.
14
गरीबले माया गांस्नु, यहि मेरो भुल भयो
सम्पत्तीम माया खोज्नु, यहां पनि भुल भयो
तिम्रो कसम तिम्लै फिर्ता चहिएन मलाइ अब
धन भन्दा मन ठूलो भन्नु मेरो भूल भयो
नचिनेर तिमीसंग आजिवनको माया खोज्न,
शब्द कोरि चिठी लेख्ननु अझ अरू भुल भयो
संगै खा'का कसमहरु, बितेकती पलहरू
आफ्नै माया ठनीदिनु अझ ठूलो भूल भयो
29-12-2007
13
दिलको रोजी, दिलको खोजी गरिएको माया मिठो,
लुकी छिपी झिम्काउने बैंशालु नयन मीठो
गाऊ-बेंशी, लेक-पाखा कोयलीको भाका जस्तै
च्याब्रुङ नाच्दा चालिएको खुट्टाको चाल मीठो
पलुवाको ऋतुसंगै, ऊभौलीको रीतसंगै
चन्डी नाच्दा हल्लीएको शरीरको भाका मीठो
डांडाको जून-घाम अस्ताएको उमेरसंगै
माघे जाडो धूनी ताप्दै बुढेसकालको गफ मीठो ।
29-12-2007
---GB Sanoman, Johor, M'sia.
12
शिर झुकाएर सलाम हाम्रो मरी बांच्ने लाशहरूलाइ
प्रणाम सधै सामन्तीको नाश गर्ने अदम्य साहसहरूलाइ
मिर्मिरेमा ब्यूंझाउने युगौं सुद्दो नीदबाट
मनैबाट धन्यबाद् पूर्बरक्तीम किरणहरूलाइ
रगतको प्यास लिने, गरीबलाइ दु:ख दिने
सामन्तीको जन्जीर तोड्ने धन्य बन्दुक् गोलीहरूलाइ
राजतन्त्रको नाश गर्दा गणतन्त्र भन्दै लड्ने
प्रणाम हाम्रो ऊनीहरू मरी शहिद हुनेहरूलाइ
30-12-2007
-----GB Sanoman ----Johor, M'sia.
11
फुल टिपी माला उन्दा तिम्रो याद हुन्थ्यो
न्याउंलीको बिरहमा तिम्रो कसम रून्थ्यो
हसीं हसीं पराइको साथ तिमले रोज्दा
निष्कर्शमा तिम्रो कुरा, स्वार्थी प्रीत हुन्थ्यो
मलाइ टेकी छाडी जाने ढुंगै तिम्रो मन
छली तिम्रो चाल हेरी लेक-हुस्सु रून्थ्यो
भिन्दै मेरो संसारको एकलो मेरो यात्रा
शिशिरमा बुकी रूंदा मन दु:खी हुन्थ्यो
प्रीतलाइ कुल्ची हांस्ने गौरब तिम्रो मन
गोधूलीको चरी-धून मन त्यसै रून्थ्यो ।
02-01-2008
-GB Sanoman --Johor, M'sia
10
त्यहीं बाटो प्यारो हुन्थ्यो तिमिलाइ कुर्दाखेरी
बिरहको संगीत आज मन दुख्दाखेरी
उठाएर चुमी दिन्थें लड्दा अन्जानमा
म पनि रोइ दिन्थें तिमलाइ चोट पर्दाखेरी
हात माथी हात हुन्थ्यो घुम्दा पिरतीमा
तिम्रै आखा हेरी हास्थें तिमी हांस्दा खेरी
बियोगान्त कथा भयो तिमले मलाइ छोदी जांदा
सपनीको कुरा भयो ब्यूंझिएर छाम्दा खेरी ।
10-01-2008
--GB Sanoman, --Johor, M'sia.
9
फूलहरु बोलौ भन्छ चरीधून हाँस्न
आरू फूल फुल्दाखेरी डांफे मुनाल नांच्न
संगै बंचौ, संगै मरौं भनी सके पछि
मनै बैली झरी जांदा गार्हो भयो बंच्न
देऊरालीमा भाकाल्दा र भञ्ज्याङसंगै रूंदा पनि
निस्ठुरीको बेचाल देखी सार्हो भयो माया सांच्न
टामोर जस्तै बगी जादा, अस्ताउने घाम् झैं डुब्दा
मुटु छिनी गएपछि सकिएन माया गंस्न
-GB Sanoman, --Johor, M'sia.
16-01-2008
8
लाखौं मध्ये यौटा मेरो अरु कस्को थाहा छैन
यौट भए पुगीगो नी तारा अरु चहिए छैन
तारा मेरो भएपछि जून पनि टेकी दिन्छु
अन्धारो नै प्यरो मलाइ जूनको प्रकाश चाहिए छैन
फूलसंग खेल्दाखेरी दुंनियाले अंखा लाउंछ
काँडैसंग खेल्छु बरु कुरा काट्ने चहिए छैन
तारा पनि खोस्छन भने, कांडा पनि रोज्छन भने
प्रितको लागि ज्यान बाजी, मर्न बरू डर छैन
--GB Sanoman, --Johor, Malaysia.
19-01-2008
7
भेटे भेटे जस्तो लाग्यो, पनि देखे जस्तो लाग्यो
पिरतीमा रमाएर सँगै हाँस्यौ जस्तो लाग्यो
तिमीलाइ झट्ट देख्दा अतितलाइ सम्झी दिदा
सिधुवाको बजारमा सँगै घुमौं जस्तो लाग्यो
भेडीहरु देख्दाखेरी, भोटे कुकुर भुक्दाखेरी
गीत गाउँदै गोठाल पनि संगै गयौं जस्तो लाग्यौ
प्रीत भए संगै बंचौ नभए संगै मरौं भन्दै
चिट्ठीभित्र प्रितीभित्र कसम खायौं जस्तो लाग्यो
--GB Sanoman, --Johor, Malaysia.
01-02-2008
6
बिहानीमा शीत रोयो प्रीत टुट्यो भन्दै
झर्यो आशु आखांबाटा दिल सार्हो दुख्यो भन्दै
बर-पिपल छाँयामुनी बिसाएको प्रीत
एक्लिएको साथ सोध्छ किन यस्तो भन्दै
सावन् झरी-बतासमा रुझेकी चरी पनि
नबोलेर रोइ दिने चस्स मुटु पोल्यो भन्दै
एशेंलुको झ्याङ् भित्र अल्झिएर रुने मन
छाती पिटी रोइ दिने, खोइ गांसिएको माया भन्दै
स्वार्थी फिर्ला भनी डांडापारीसम्म हेर्ने नयनहरू रोए
टुट्यो आकाश, भत्क्यो धर्ती, छैन दिल् बसमा भन्दै
--GB Sanoman, --Johor, M'sia.
02-02-2008
5
जिन्दगीको गीत लेखन तिम्रो सामु आऊन मन लग्यो
उ जूनीको अधुरो प्रीत पाउन तिम्रो सामु बास बस्न मन लग्यो
तिमलाइ पाउदां सबै पाएं भन्ने मेरो ढीट मनदेखी
फूलको थुंगा तिम्रो पाउमा रखी, अन्जुलीम प्रीत माग्न मन लाग्यो
तिमलाइ पाए जिवन् रह्यो, जिवन् रहे मन रह्यो, सबै रह्यो
तिम्रो साथ संगालेर जिउने रहरहरू खोज्न मन लाग्यो
झरनाको झन्कारभित्र गुंराशमा तिमी फुल्दा
मैना जस्तै बोली तिम्रो खित्का छाड्ने हांसो सुन्न मन लाग्यो
अधेरी नींदभित्र सपनीमा तिमलाइ देख्दा
मिर्मिरेमा ब्यूँझिएर तिम्रो बोली सुन्न मन लाग्यो
--GB Sanoman, --Johor, M'sia.
03-02-2008
4
माया ठूलो भन्नेले समर्पण गरेको खोइ
मैंले मेरो औल टोल्दा एया! तिमले भनेको खोइ
सपनीमा तिमी कल्पनामा तिमी भन्थ्यौ नी तर
बिरमीले थलिदा हेर्न तिमी आएको खोइ
टाढा छँदा रातमा एकै बेला जून हेर्दा
कसमखाइ देउरालीलाइ भाकालेको खोइ
आमा-बाको मञ्जुरीमा राजी भएछौ तिमी तर
जूनी भरी संगै बांच्ने भने पछी साथ मेरो मागेको खोइ
सानो मीठो संसारमा जलीगा'को कथा हाम्रो
लत्याएर टाढा भएछौ अब के भन्ने खोइ
-GB Sanoman, Johor, M'sia.
06-02-2008
3
निठुर पनि आफ्नै लाग्छ हेर्ने आखा फेर्दा खेरी
कष्टभित्र हांस्न मिल्छ बुझ्ने मन लिदा खेरी
मनैसंग ठोकिएर बल्झिएका छालसंगै
मनलाइ बांध्न मिल्छ द्र्ढ लक्ष्य लिदा खेरी
ढेस्सिएर मुटु दुख्दा आशु झारी किन रुन्छौ?
निको हुन्छ छिटै चोट हंस्ने बटो रोज्दा खेरी
शिशिरको पात सरी कुल्चिएका ब्याथाहरु
सुसेलेर गाउन मिल्छ संगीतमा जोड्दा खेरी
बिहानीको शीत देखी आफ्नो कथा सम्झी नरौ,
हांस्नु-रुनु दुबै जीवन, जिवन रीत बुझ्दा खेरी
--GB Sanoman, --Johor, M'sia.
13-03-2008
2
छोडी जाने निठुरीको नयनहरू गुमोस् भन्थें
माया लाइ तोडी दिने क्ष्राप उनलाइ लागोस भन्थें
एक्लो मेरो संसारमा मखमली जादू भरी
बचन दिइ टाढा जाने, बिपत्तीले गांजोस् भन्थें
छरिएका दु:खहरू, हांसो संग साटी दिदै
हांस्दै गर्दा कुल्चनेको हिड्ने बाटो गुमोस् टुटोस भन्थें
धन भन्दा मन ठुलो भन्ने उनको बाहानाथ्यो
सुनामीको छालमा परी जिवन उनको डुबोस भन्थें
एउटा छाडी अर्को छान्ने, त्याहां पुगी अन्तै जाने
चन्चल नयन, खुट्टा-मनमा प्यारालैसिस लागोस भन्थें
15-03-2008, AMRO BANK, Tmn. Molek, JB, M'sia.
1
जसो ग-यौ टिकै ग-यौ, खुटटा भए जुत्त छनी
बेपबाहको बाहाना छोड तिमीले देको चोट छनी,
छाडी गयौ धन्य तिमीलाइ बाहानाहरु कस्तो कस्तो,
कुटुकुटु जरा काट्ने पापी मुसा जस्तो चाल छनी
तिमीबिना अकाश झरी थिच्ला भन्ला, तर
सुरक्षित छ बाटो मेरो, हिम्साम्माङ् साथ छ नि
माया भित्र डङ्ग्याइ राख्नने, मनै तिम्रो छलि थियो,
मेरो मनलाइ सम्झाउने यस्तै कुरा साक्षी छ नि
माया भित्र अन्याय सहनु; आडम्बरी तिम्रै कारण
झुट नाता टुटिजादा मनभित्र गर्वै छ नि ।
--GB Sanoman, --Johor, M'sia.
28-01-2009, Panasonic

Subscribe to:
Comments (Atom)