31
दिल रुन्छ भन्दा पनि माया रोयो मेरो त
उडिजाने चरीसंगै मनै छाडी गयो मेरो त
हांस्दा मेरो कथा दुख्यो, हिड्दा यात्रा त्यस्तै दुख्यो
छाती छाम्दा थाहा लाग्यो मुटु छैन मेरो त
शीतसंगै रुन खोज्ने- जूनसंगै चुपचाप खेल्ने
खोजी हिड्दा आफ्ना कुरा बित्यारैछ बैंश मेरो त
भन्ज्याङमा उनलाइ कुर्दा, बषन्तमा प्रीत रोज्दा
गोधूलीमा थाहा लाग्यो कर्मरैछ दु:खी मेरो त
--07-04-2008, Panasonic, night, OT, JB, M'sia.
30
हांस्दै आउदा तिम्रो सामु गाल पार्ने हो की
चिनजानको हात जोड्दा शीर ढल्ने हो की
डराउदै अन्जुलीमा मीठो गीत मागे
फूलको माला दिन खोज्दा कांडा बन्ने हो की
हिड्ने तिम्रो बाटो छेक्दै १,२ शब्द मांगे
बीन्तिसंगै स्वीकार माग्दा मन दुखने हो की
फुर्सद भए कथा खोल्न तिम्रो सामु आउछु
खाली हात आ उदाखेरी लाज लाग्ने हो की
--April, 2008, JB, M'sia.
29
निश्चल छन शब्दहरू बिहानीको शीत जस्तो
गल्ती छैनन् बोलीहरू मीठो बोली मैना जस्तो
हावा झैं उड्ने, बादल सरी बत्तिएर उड्ने चरी सरी
उड्दै जानू माथि माथि आकाशको चंगा जस्तो
खडेरीमा सुक्ने कुवा बषन्तमI थोप्लि दिदा
उभौलीमा खोज्नू अर्थ पलाउदैको मूना जस्तो
भञ्ज्याङको बर-पिपल मीठो पवन बहे सरी
सुनौं लाग्ने भरियाको माथि जादै गाको गीत जस्तो
--April, 2008, RBS, Tmn Molek, JB, M'sia.
28
बोल्दा इज्जत जान्छ भने नबोलेरै प्रीत लाउला
अन्जान तिम्रो सामु आ उदा अञ्जुलीमा शब्द दिउला
नयां मन्दिर नयां इच्छा खोज्दै जांदा बटोतिर
आँखा जुधे, रीश भए हात जोडी माफी लिउंला
झोली बोकी सपना खोज्न बिदेशतिर जादैं गर्दा
तिमी गाग्रो बोकी कुवा झर्दा उभिएर हेरी दिउला
जाने बेला भयो मेरो, मनको मोह खोलिएन
आइडी पाए मेसेज कोरी इमेल सेण्ड गरी दिउला
--2th May, 2008, RBS, T/Molek, JB, M'sia.
27
बैंशालु मन रुन्छ आकाशमा बादल उड्दा
बादल जस्तै उडिरहन्थ्यो दिल मनहरू साट्दा
आकाश हांस्थ्यो, धर्ती रम्थ्यो, मन अफ्नो हुंदा
अब मूल्य छैन मनहरूको लाएको सैनो भाच्दा
बगरको यात्रा भयो, आफ्नु भन्नु कोही छैन
जिउदै मरे मनहरू झुटो प्रीत गांस्दा
दुख्दा अझ कुल्ची दिने निष्ठुरी त्यो मन
बिपत्तिमा एक्लो भएँ पापिनीलाइ रोज्दा
--3th May, 2009, RBS, JB, M'sia.
26
कस्तो झल्को आज यस्तो मलाइ छाडी गाको अरे
बर्षौं सम्म साथ भको हात छाडी गाको अरे
सपना खोज्न नीद जोड्न टाढा केही बिदेशिदा
जुगौं साथको नानू छाडी मलाइ त्यागी गाको अरे
हांसो बिना, उनी बिना जल्दै मुटु गरे पनि
मेरो माया; नानूसंग रोदनमा जिको अरे
उनी बिना नानू मेरो मवलीमा जांदा खेरी
पापा लिन आ उनू भन्दै फोनमा मलाइ बोलाकोरे
बिरामीमा "ममी" भन्दा मुटु दुख्दा झल्यास भएँ !
बिधवा र टुहुरीको झल्को सम्झी मनरोकोरे !
==3, May, 2008, RBS, JB, M'sia
25
कसमहरू ताजै राख्न देउरालीमा पाती दिन्थें
मनहरू भाच्दा खेरी बीन्ति गर्दै जोडी दिन्थें
हुरी आइ हांगा भाच्यो, चरीहरू उडी जाँदा, सँगै मन रुदा खेरी
आँशु झार्दै अन्धारोमा सम्झी कथा रोइ दिन्थें
बादल ढाकी जून छेक्दा, अन्धारोमा बटो बिर्दा
उनको माया पाउ भन्दै दाहिने हात उनलाइ दिन्थें
बाबरी फूल मगमगाउदा, सयपत्री फुल्दाखेरी
फूल टिपी माला उन्दै उनलाइ पर्खी दिन्थें
--4, May, 2008, RBS, JB, M'sia.
24
दिलै जस्तो दिल हुन्थ्यो, मनै जस्तो मन हुन्थ्यो
नपाउदा तिम्रो साथ मनै त्यसै रुन्थ्यो
कसो गरी जिउने कठै ! एक्लो भयो संसार
अतितको कथाहरुले दिल चस्स छुन्थ्यो
बैगुनी त टाढा भयो, गाँवै मेरो गाल पारी
लाजै पारी दिल तोड्दा, रीश मानी मुटु दुख्थ्यो
धेरै चोटी रोइ सकें, रुँदा रुदै थाकी सकें
च्याब्रुङ बज्दा, पालाम सुन्दा, बैंश फेरी फर्के हुन्थ्यो
--19 May, 2008, RBS, JB, M'sia.
23
घोच्दैन कांडाले अफ्नो बोटलाइ
तिमीबिना कुरा हुंदा घोच्थ्यो मुटुलाइ
के के गरौं भन्थ्यौ, के के नै दिन्छु भन्थ्यो
निष्ठुरीले दियौ सिर्फ धोका मलाइ
बैगूनीको खेल् तीतो धान्नै गार्हो भयो
अर्कै संसार रोज्यौ तिमले प्रीत मेरो जलाइ
झूटो रैछ रँग प्रीतको; झूटै-झूटको बिम्ब भयो
छक्याएर टाढा भयौ मनै मेरो गलाइ
--19 May, 2008, RBS, JB, M'sia.
22
तिम्रो गाँऊ पुग्न अझ कति नदी तर्नु पर्छ?
तिमीलाइ प्रीत दिन, भन कति कांडा टेक्नु पर्छ?
तिम्रो पिछा कति गरें, पछि फर्की हेर्या होइन
आफ्नो माया बनाउन, भन के के गर्नु पर्छ?
रगतले पत्र लेख्दा, ठुस्किएर कर्के हेर्छौ !
अंशुसँगै रुदैछु त, भन अझ के गर्नु पर्छ?
झूटो बांचा रैछ तिम्रो, ब्यर्थै किन भाका माग्यौ?
तिम्रो मन पर्ने हुन, अझ के के गर्नु पर्छ?
सपनीमा चोट लाग्दा फोटो तिम्रो हेरी हास्छु
यथार्थ नै यस्तो हुन मैंले के के गर्नु पर्छ?
--7 Jun, 2008, RBS, JB.M'sia.
21
उनको माया पाउछु भनी भको सस्तो माया तोडे
सस्तो प्रीतको मूल्य बढ्दा अन्धारोमा एक्लै परेँ
"उडी छुनु चन्द्र" भन्ने देवकोटाको भूल लाग्यो
यै उक्तीको सारमा चल्दा, भको प्रीतबाट चिप्ली झरेँ
आत्माले नै रोज्छ प्रीत, कर गरेर प्रीत हुन्न
यही रित नबुझ्दा नै शून्यताको रापमा जलेँ
माइखोलाको कसम भयो; एकचोटी माफी देऊ
तिमीबिना मर्छु भन्दै मूर्छा परी भूइमा ढलेँ
ठूलो माया भूल भयो, सस्तो चाही प्रीत रहेछ
"माया" भन्दै आगोभित्र लाशसरी जली मरेँ
--15-01-2008,RBS
20
चूपचाप रहन देऊ, शब्दसँगै खेली दिन्छु
शून्यताको नदीसँग कवितामा बिली दिन्छु
मनको चाह पूरा गर्दा लक्ष्यहरू टुट्छन् भने
भैगो बरू चूप रही गुलाबी चाल हेरी दिन्छु
मैंले हांस्दा उनीसँग, देब्रे हात दुख्छ भने
मस्की हिड्ने चाल उनको नजरभित्र लुकाइ दिन्छु
मेरो नजिक आउने कोही, अरूसँग प्रीत बसोस्
लक्ष्यहरूले बाटो छेक्दा, बरू चाह कुल्ची दिन्छु
रंगीन संसार मीठो लाग्छ, रमाउने आज्ञा छैन
शब्दभित्र, भावभित्र दुख्ने घाउ सेकीदिन्छु
-20-01-2008,RBS, PM, JB, M'sia.
19
धर्ती आफै खोट रैछ, आकाश आफै माथि थियो
बगरको ढुँगा कठै ! आकाशको जून हेरी रूने गर्थ्यो
बगरको कथा जस्तो मेरो आफ्नो सपनाभित्र
जोड्दै जांदा ढुंगाहरू चोइटीएर नाश भयो
कल्पनाको आँखाभित्र फुर्फुराउदै गीत पोखने
फूलबारीको हावा खाने पुतलीको गीत टुट्यो
बादलुले छोपी दिदा आकाश धर्ती जोड्यो भन्थे तर
आकाश धर्ती जोड्ने भ्रम क्षीतिज अझै टाढा रह्यो
बैगूनीको गीत लेखन बैराङ्गीमा शब्द छैन
घाम छांया जीवन रैछ, आफ्नै जिवन बोझ लाग्यो
-11-09-2008,RBS, AM, Johor, M'sia.
18
एकदिनको आशा थियो सानो संसार राम्रो बन्ला
नमूना झैं साइनो हाम्रो मिलेमतो राम्रो बन्ला
गरिबीको घर मेरो, प्वालहरू टाल्दै रहेँ
आशा गरी बषन्तको हरियाली खुशी बन्ला
बिपत्तिमा हुरीबिच निभ्दो दीयो बाल्दै रहें
आशाहरूको गोड्मेल्मा बिजुली आ इ बत्ति बन्ला
दशैंनेर आयो हुरी आशाहरू संगै जले
आशा गर्ने त्यान्द्रो छैन, लेख्न सके अं
आशु बन्ला
खडेरीमा हात दिएँ, झरीमा ओतलाग्ने फुस्को छाना
आफ्नोलाइ ठनिएन घोचिदिने कांडा बन्ला
-09-10-2008,Dasami Tika,'065, JB,M'sia.
17
माया नै साचो भए, टाढा कही छैन
सोच्ने मुटु माया भए शंका कही छैन
धर्ती आकाश हाम्रै हुन, बांच्ने खुशी धेरै लिनू
रूमालभीत्र माया कसे, आशु झार्ने काम छैन
चुलीबनको हावा चिसो, फङफङदेनको गीत मीठो
मायै दिल भएपछि जूनी काट्न साह्रो छैन
तिमी नै हो गीत मेरो, संगीत हो माया-प्रेमको
मनै छुने शब्दभित्र, बिरहको आभा छैन
हात देऊ मलाइ अनि चाल पाइलाहरू
-11-10-2009,RBS,AM, JB, M'sia.
Thursday, April 30, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment